काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
२ माघ, काठमाडौं । प्रहरीले काठमाडौँको काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद गरेको छ । बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बोरामा प्याक गरेर राखेको अवस्थामा उक्त रक्तचन्दन फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।
रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । यस विषयमा थप अनुसन्धान भैरहेको छ भने पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment