आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२९ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment