स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
२४ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment