प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
२१ पुस, काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेको छ । च्यासलमा जारी केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् । त्यसैले गर्न खोजिएको दाबी झूठा र अर्थहीन छ ।’ वर्तमान सरकार र एमाले–कांग्रेसको साझा निष्कर्ष भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु नहुने प्रतिवेदनमा उल्लेख छ । जुन औंलामा विष लागेको छ, त्यही औंला झर्ने भएकाले विषाक्त औंलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन नसकिने एमालेको तर्क छ । ‘जहाँसम्म नेकपा (एमाले), वर्तमान सरकार र दुबै पार्टीको साझा निष्कर्ष हो–भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु हुँदैन । यस्ता विषयलाई ताकीताकी हान्ने जस्तो विषय बनाइनु हुँदैन। यस सम्बन्धमा राज्यका निकायहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिइनु पर्छ ।
राज्यका ती निकायको काममा राजनीतिक पार्टीहरू र सम्बद्ध व्यक्तिले सहयोग पुर्याउनु पर्छ ।’ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले प्रतिवेदनमार्फत भनेका छन्, आफ्ना विरुद्ध उठेका जुनसुकै प्रश्नको पनि जवाफ दिने र आफू विरुद्ध लागेको अभियोगबाट सफाइ लिने दायित्व सम्बन्धित व्यक्तिकै हो । जुन औँलामा विष लागेको छ, त्यही औँला झर्ने हो । विषाक्त औंलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन सकिँदैन। हामीले यही गर्दै आएका छौँ र भोलि पनि यही गर्नेछौं । त्यसैले फाइलवाला फण्डा फगत स्टण्टबाजी भन्दा बढी केही पनि होइन ।’
राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको उल्लेख छ । सत्ता समीकरण फेरबदलको पूर्व सन्धामा बसेको केन्द्रीय कमिटीको सातौं बैठकपछि फेरी नयाँ सत्ता समीकरण फेरियो । स्थिरताको लागि भएको यस राजनीतिक घटनापछि स्थानीय तहका केही स्थानमा उपनिर्वाचन समेत सम्पन्न भयो ।’ प्रतिवेदनमा भनिएको छ, ‘दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधाकिारिकता (लिगालिटी-अथोरिटी) दुवै हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय छ ।’
Post Comment