१२ चैत्र २०८२, बिहीबार

वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न

 

सर्लाही, मंसिर २९

वि केयर वि क्यान संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।

साधारण सभामा संस्थाका सदस्यहरू तथा संस्थामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष श्री लक्ष्मण यादवले संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै समाजसेवामा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा थप सफलताको शुभकामना व्यक्त गरे।

 

Post Comment

छुटाउनुभयो कि ?