जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
२९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शनिवार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई 32 रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।
अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ । चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ । अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् ।
आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ । काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएका भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ । जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।
Post Comment