१२ श्रावण २०८२, आईतवार

चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

२२ मंसिर, काठमाडौं । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?