नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात
२१ मंसिर, काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।
उनका अनुसार नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गर्छ ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालबाट अफगानिस्तानमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३११.२३ प्रतिशत धेरै वस्तु निर्यात भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट वस्तु निर्यात हुने देशमध्ये अफगानिस्तान १३औं स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भारत छ ।
यस वर्ष कुल ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएकोमा अफगानिस्तानमा मात्र ३३ करोड बराबर निर्यात भएको छ । गत आव यसै अवधिमा अफगानिस्तानमा १ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । यस प्रकार अफगानिस्तानमा नेपालबाट जाने सामान ३३११.२३ प्रतिशतले बढेको देखिएको छ ।यसबाहेक यस वर्ष औषधि समेत अफगानिस्तानमा निर्यात भएको देखिन्छ । गत वर्ष यी वस्तु अफगानिस्तानमा निर्यात भएको तथ्यांकमा देखिँदैन । गत वर्ष यसै अवधिमा नेपालबाट तीन थान बोरिङ मेसिन निर्यात भएको देखिएको छ ।
Post Comment