रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
१९ मंसिर, काठमाडौँ — वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment