सुनको मूल्यमा सामान्य वृद्धि
१९ मंसिर, काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधवार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment