१२ चैत्र २०८२, बिहीबार

एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन

 

१४ मंसिर, घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार (मंसिर १५) देखि काठमाडौँमा सञ्चालन हुँदै छ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि भव्य रूपमा उद्घाटन गरिँदै छ।

उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्।घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा ८ फ्रेन्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।  प्रतियोगितामा चर्चित स्वदेशी तथा विदेशी खेलाडी सहभागी छन्। हरेक टिममा ४ देखि ६ जनासम्म विदेशी खेलाडी छन्।

एनपीएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेटसम्म बनाइएका छन्।एनपीएल आयोजनाले नेपाली समर्थक मात्रै हैनन खेलाडी पनि उत्तिकै उत्साहित छन्। मार्की खेलाडीदेखि अक्सनमा खेलाडी लिन हानाथाप नै भएको थियो।

Post Comment

छुटाउनुभयो कि ?