१० श्रावण २०८२, शुक्रबार

एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन

 

१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए ।विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।उनीहरू सबैजना नेपाल आउन बाँकी छ । प्रशिक्षक केभिन ओ ब्रायन भने नेपाल आइसकेका छन् । विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला

Next post

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

Post Comment

छुटाउनुभयो कि ?