१० श्रावण २०८२, शुक्रबार

ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला

 

६ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ ।

हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?