२६ जेष्ठ २०८२, आईतवार

चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली

 

३० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोली उत्तरी छिमेकी मुलुक चीनअघि दक्षिण छिमेकी भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको चार महिनापछि उनी छिमेकी मुलुकको भ्रमण गर्ने तयारी भएको हो ।

यसअघि प्रधानमन्त्री अ‍ोली चीन भ्रमणमा जाने गरी तयारी भएको थियो । स्रोतका अनुसार एमालेका नेताहरूले चीन भ्रमणबारे तयारी गरिरहँदा भारतबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको हो । केही दिनमै प्रधानमन्त्रीको भारत भ्रमणको मिति सार्वजनिक हुने सम्भावना उच्च रहेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।

भारतसँगको सम्बन्ध सुधार गर्न कुटनैतिक माध्यमबाट प्रयास भइरहेको अवस्था प्रधानमन्त्री चीन भ्रमण जाने भएका थिए ।स्रोतका अनुसार प्रधानमन्त्री अ‍ोली डिसेम्बर महिनाको पहिलो साता भारत भ्रमणमा निस्कने सम्भावना भएको हो । दुवै पक्षले मिति सार्वजनिक गर्ने तयारी भइरहेको छ । योसँगै प्रधानमन्त्री ओलीको चीन भ्रमण सर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment