उत्कृष्ट शतक प्रहार गर्ने तिलक बर्मा खेलको उत्कृष्ट खेलाडी चुनिए। खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङमा आएको भारतीय टोलीको सुरुवात राम्रो भएन। पहिलो टी-२० खेलमा शतक प्रहार गरेका सञ्जु सामसन दोस्रो बलमा खाता नखोल्दै मार्को जान्सनले क्लिन बोल्ड भए। तर यसपछि अभिषेक शर्मा र तिलक बर्माले इनिङ्स सम्हाल्दै १०७ रनको साझेदारी गरे। अभिषेक शर्माले मात्र २५ बलमा ५० रन बनाए। जसमा तीन चौका र पाँच छक्का सामेल थिए।

तिलक बर्माले पनि ५६ बलमा सात छक्का र आठ चौकाको मद्दतले १०७ रनको इनिङ खेले। भारतले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनायो। लक्ष्य पछ्याउने क्रममा आयोजक दक्षिण अफ्रिकी टोलीले भारतको तुलनामा राम्रो सुरुवात गरेको थियो। तर सुरुआती र मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले त्यसलाई सदुपयोग गर्न सकेनन्।

तल्लो क्रमका लागि मार्को जान्सनले १७ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५४ रनको शानदार इनिङ खेले। मध्यक्रममा समेत हेनरिक क्लासेनले मात्र २२ बलमा ४१ रन बनाए। तर दुवैले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् र दक्षिण अफ्रिकी टोलीले २० ओभरमा सात विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। शृंखलाको अन्तिम टी-२० खेल नोभेम्बर १५ मा जोहानेसबर्गमा हुनेछ।

Post Comment