२६ जेष्ठ २०८२, आईतवार

यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक

 

२७ कार्तिक, आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक प्रहार गरेकी छन्। उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।

यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन्।  पूजाले ५६ औं बलमा शतक पूरा गरेकी हुन्। पूजाले आफ्नो इनिङमा १४ चौका प्रहार गरिसकेकी छन्। ६१ बल खेलेकी पूजाले नटआउट ११६ रन बनाएर खेलिरहेकी छन्। उनलाई सोनी पाख्रिनले २३ बलमा २८ रन बनाएर साथ दिइरहेकी छन्।  १७ औा ओभरको खेल सकिँदा नेपालले २ विकेटको क्षतीमा १८२ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?