२६ जेष्ठ २०८२, आईतवार

दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु

 

३० असोज, तनहुँ । तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment