प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
२९ असोज , प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको नेतृत्व सम्हालेपछिको आफ्नो पहिलो विदेश भ्रमण मलेसिया गर्ने भएका छन्।प्रधानन्यायाधीश राउत बिहीबार (असोज २४ गते) राति क्वालालम्पुर प्रस्थान गर्दै छन्। उनी असोज २८ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया जान लागेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल र रजिस्ट्रार विमल पौडेल हुनेछन्। मलेसियाको सर्वोच्च अदालतले आयोजना गर्न लागेको सम्मेलनमा न्यायालयमा सूचना प्रविधिको प्रयोग लगायत समग्र सुधारका विषयमा छलफल तथा अनुभव आदानप्रदान हुने रजिस्ट्रार पौडेलले जानकारी दिए। राउतले असोज २० गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment