खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
२९ असोज , खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मंगलबार बिहान ९ बजेतिर रावाबेसी गाउँपालिका १ कुभिण्डेमा च १ ज ५५८ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले जानकारी दिए।

बोलेरोमा ८ जना सवार रहेकोमा २ जना सकुशल छन्। ६ जना घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। नुनथला–ऐसेलुखर्क सडकखण्डमा डुम्रेधारापानीबाट सदरमुकाम दिक्तेल आउँदै गरेको बोलेरो सडकमै पल्टिएको डीएसपी बिष्टले बताए।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment