२४ माघ २०८२, शुक्रबार

सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ

 

२९ असोज , बिराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित तीनकुनेबाट ठुलो परिमाणमा निषेधित औषधीसहित एक व्यक्ति पक्राउ परेका छन्।

असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट धरानतर्फ जाँदै गरेको को. १ ख ७४५१ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार २७ वर्षीय राकेश कुमार यादवलाई नियन्त्रणमा लिएको हो। मोरङको बिराटनगर महानगरपालिका-१२ निवासी यादवले जेब्रा झोलामा लुकाई राखेको १७ हजार ५ सय चक्की स्पास्मो नामक निषेधित औषधी बरामद गरिएको प्रहरीको भनाइ छ।

यादवले सो औषधी लुकाई राखेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । लागुऔषधीसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान जारी रहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार, यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीका लागि अनुसन्धान गरिनेछ।

 

 

Post Comment

छुटाउनुभयो कि ?