२४ माघ २०८२, शुक्रबार

एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

 

२१ असोज, एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

ब्यांकका पदाधिकारीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेको छ। बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र पुनर्निर्माण गर्न सहयोग प्रदान गरिएको ब्यांकले जनाएको छ। बाढीपहिरो प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ सहयोग रकम प्रदान गरिएको ब्यांकले उल्लेख गरेको छ। यसअघि पनि विपद्का वेला ब्यांकले सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

 

Post Comment

छुटाउनुभयो कि ?