दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
६ असोज , काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले दुर्गा प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् ।
उनले लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको स्मरण गराएका हुन् । सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले प्रसाईंलाई गिरफ्तार गरिनु राज्य आतङ्क भएको उनको ठहर छ ।‘सरकारलाई हेक्का रहोस्, दैनिक बिदेसिन परेका हजारौँ युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्यमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौँ रकम बिदेसिन परेको वर्तमान परिस्थिति बारे सरकार अन्धो छ ।
तर गरिब र निमुखाहरूको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईंलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ । यो भन्दा ठुलो राज्य अपराधीकरण के हुन्छ ?,’ उनले प्रश्न गरे । उनले लोकतन्त्रको घाँटी निमोठ्ने काम बन्द गर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।
Post Comment