११ श्रावण २०८२, शनिबार

आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु

 

२७ भदौ , पोखरा – आफैंले काटेको रूख ढलेर च्यापिँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। Worldlink adsतनहुँको भिमाद नगरपालिका–६ कुमालडाँडा फेदिका ५८ वर्षीय शेरबहादुर कुमालको बिहीबार मृत्यु भएको हो। भिमाद रंगशाला नजिकै सुकेको सिसौको रुख डाल्ने क्रममा च्यापिएर घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए।अचेत अवस्थामा प्राथमिक स्वास्थ्य चौकी भिमाद ल्याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?