सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
१४ भदौ , काठमाडौँ / साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो । बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो । यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ मात्रै पर्नेछ ।![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment