२५ जेष्ठ २०८२, शनिबार

सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आज शनिवार बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका–२, निवासी संजय साहको छोरा ६ वर्षीय अंकित साहको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

https://press4k.com/

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लयाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?