तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
६ भदौ , काठमाडौँ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
![]()
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए ।
![]()
शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा बस खसेको थियो ।
![]()


Post Comment