विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

२३ जेठ, काठमाडौं ।   वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन […]

देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे

२३ जेठ, काठमाडौं । स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रुपमै देश छाडेर विदेशमा […]

स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ

 २३ जेठ, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले […]

सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या

२३ जेठ, बुटवल । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार […]

मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने

 २१ जेठ, काठमाडौँ । न्यायपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार  बैठक बोलाउन  निर्देशन दिएको न्यायपरिषद् स्रोतले जानकारी दिएको छ । केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने विषयमा […]

भरुवा बन्दुकसहित दुईजना पक्राउ

२३ जेठ, विराटनगर ।  भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले बिहीबार राति १०:३० बजेतिर श्रेष्ठको […]

पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

  २३ जेठ, काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन् । उक्त अनियमितता प्रकरणमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत […]

एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२३ जेठ, काठमाडौं ।  बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।  बहुविवाह गरेको आरोपमा गहतराज जेठ २१ मा साँझ पक्राउ परेका थिए । शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । आरोपीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान […]

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

२३ जेठ, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा […]

आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ

२३ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का मार्केटिङ प्रमुख निखिल सोसले पक्राउ परेका छन्। जुन ४ मा बेंगलुरुमा भएको भागदौड घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले बेंगलुरु भागदौडका विषयमा प्रहरीले जिम्मेवार रहेको बताएका थिए। त्यसपछि प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार निखिल मुम्बई भाग्ने प्रयासमा थिए र एयरपोर्ट […]