महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन

१ चैत,बाजुरा । महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी(सिडियो)मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ । पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या हुँदै गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय महिला समूहरु बाजुराले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आइतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत […]
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

१ चैत,काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो । साथै मोर्चाले घटनामा […]
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

१ चैत,काठमाडौं । काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् । प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् […]
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

१ चैत,काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन […]
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो । शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित […]
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

३० फागुन, काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको […]
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

३० फागुन,काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामुहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ। शनिबार काठमाडौँको माईतीघर मण्डलमा युवा तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरू ‘इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेटकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरू हत्या, बलात्कारजस्ता जघन्य […]
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ

३० फागुन, विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल […]
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

२८ फागुन,सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी […]
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२७ फागुन,काठमाडौं। काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ […]
