विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

२१ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीको आधारमा अदालतले पक्राउ आदेश दिएको हो। डम्बर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा बागमती प्रदेशका पूर्वसहकारी मन्त्री हुन्। उनी नेपाल विद्युत् […]
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

२१ असार, हमास । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ । उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ । यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यसवर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या […]
लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

२१ असार, सुनसरी । सुनसरी, झापा र धनकुटाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ वर्षीय प्रभुनारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी इटहरी- १७ का २४ […]
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या

२१ असार,भारत । भारत, बिहारको राजधानी पटनामा शुक्रबार राति बिहारका प्रसिद्ध उद्योगपति गोपाल खेमकाको गोली हानी हत्या गरिएको छ। यो घटना गान्धी मैदान प्रहरी चौकी क्षेत्रको रामगुलाम चोक नजिकै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र हत्यारालाई पक्रन प्रयास भइरहेको बताएको छ। हत्यापछि सम्पूर्ण सहरमा त्रास फैलिएको छ। बिहार प्रहरीले घटनाको अनुसन्धानका लागि […]
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !

२० असार, काठमाडौं । गत २३ चैतको बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाले ठूलो मात्रामा लागुऔषध बरामद गर्यो । भारतीय एम्बुलेन्समा राखेर काठमाडौं भित्र्याउन लागिएको लागुऔषधसहित चार जना पक्राउ परे । भारत बिहार प्रान्त पूर्वी चमपारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत ५ का २० वर्षीय समिर आलम, भारतकै मोतिहारी […]
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं […]
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

२० असार, सर्लाही । जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएपछि आज दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो। अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई […]
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२० असार, काठमाडौं। धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शनप्रालिविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र र कन्स्ट्रक्शन प्रालिविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो […]
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ

२० असार, विराटनगर । प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ […]
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

२० असार, हुम्ला । हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ। खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन्। खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्। […]
