सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट

२३ जेठ, विराटनगर । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका […]
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ

२२ जेठ , सर्लाही। सर्लाहीको मलंगवाबाट लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले तीन जनालाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरेको छ। जेठ २१ गते साँझ अन्दाजी ५:०० बजेको समयमा मलंगवा नगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट विशेष सूचनाका आधारमा प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ […]
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ जेठ, काठमाडौँ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव सिंह, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल ब्रजेशकुमार साह […]
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला

२२ जेठ, बुटवल । रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले आज बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको जनाएको छ । बुटवलमा विभिन्न ११ वटा मेडिकल क्लिनिकहरू अनुगमन […]
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद

२२ जेठ, विराटनगर । जिल्ला अदालत मोरङले तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद निर्धारण गरेको छ । आइतबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्मासहित सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालत मोरङका […]
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु

२२ जेठ, युक्रेन । उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् । ‘भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ’, चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेख्नुभएको छ, ‘छ जना घाइते भएका […]
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन

२२ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा चालू आर्थिक वर्षको योजना खरिदबिक्री भएको आरोप लागेपछि प्रतिपक्षी दलको दबाबमा सरकार छानविन गर्न तयार भएको छ । सत्तारुढ र प्रतिपक्षी दलको सहमतिअनुसार आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय छानविन विशेष समिति घोषणा गरेका हुन् । उनले विकास योजना तथा कार्यक्रम सम्बन्धमा संसदमा कुरा उठेकाले समिति बनाएको जानकारी […]
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । […]
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना

२२ जेठ, काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन् । उनलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवले काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नगराएका हुन् । जिम्मा जमानीमा लिने […]
माधव नेपालको सांसद पद निलम्बन

२२ जेठ, काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, […]
