सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

७ माघ, सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ। सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय कास्कीले सातै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएको हो। निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश […]
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय

काठमाडौँ- भारतको कोलकत्तास्थित के आरजी कर मेडिकल कलेज एवं अस्पतालमा चिकित्सकको बलात्कार–हत्याका मुख्य आरोपी सञ्जय रोयलाई जन्दकैदको सजाय सुनाइएको छ। यसका साथै अदालतले रोयलाई पचास हजार रूपैयाँ जरिवानासमेत तोकेको छ। जिल्ला एवं सत्र न्यायाधीश अनिरबन दासले घटनाका अभियुक्त रोयलाई जन्दकैदको सजाय सुनाएका हुन्। अदालतले पीडित चिकित्सकको परिवारलाई राहतस्वरूप १७ लाख रूपैयाँ उपलब्ध गराउन राज्य सरकारलाई […]
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

७ माघ, काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, […]
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

७ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति […]
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

६ माघ, भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । औषधि र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा […]
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

६ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस सकेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेट नजिकै कुटपिट भएको थियो । कुटपिटमा संलग्न रही फरार रहेका हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौं सूर्यदर्शन […]
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद

६ माघ, काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम अहिले सार्वजनिक गरिसकेको छैन । तर, स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको बतायो । उक्त गाँजा […]
सेनाको अधिकृत भन्दै ठगी गर्ने एक जना पक्राउ

५ माघ, काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनेर झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की छन् । आफूलाई नेपाली सेनाको अधिकृत बताएर झुटो विश्वास दिलाई तीन लाख रुपैयाँ लिएर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा […]
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

५ माघ, तेहरान । इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या […]
खैरो हेरोइनसहित दुई जना पक्राउ

५ माघ, धनगढी-कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरी १९० मिलिग्राम […]
