विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला

१५ फागुन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालयमा एक वृद्ध मृत फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोती विद्यालयभित्रै मृत फेला परेका हुन। सोती विद्यालयका चौकीदार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार बिहान विद्यालयको कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। सोती सोही विद्यालयमा चौकीदारको […]
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक […]
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

१५ फागुन, अमेरिका : यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान […]
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा

विराटनगर : विराटनगरमा मारिएकी भारत छपराकी १४ वर्षीया चाँदनी यादवको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ६ जनालाई प्रतिवादी बनाउँदै ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो। अदालतमा दर्ता भएको मुद्दामा चाँदनीका आफ्नै अभिभावक र मावली परिवारका सदस्यलाई […]
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

१४ फागुन, सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पंचायत बिसनपुर १५ का २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्। महतो बीआर ३० ए बी […]
खोटाङको जङ्गलमा युवक–युवती मृत फेला

१४ फागुन, खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डाँडाखर्कका युवक–युवती मृत भेटिएका छन्। बुधबार बिहान गाउँको दारेगौंडा जङ्गलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत भेटिएका हुन्। सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठूलो चोट देखिएको र उनको शवभन्दा करिब २५ मिटरको दूरीमा शिखर झुण्डिएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष ढकबहादुर […]
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग

१४ फागुन, पोखरा । लमजुङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट रकम अपचलन गरेको अभियोगमा सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङ पुर्पक्षका लागि थुनामा गएका छन् भने मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले ८५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, ८५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेका कारण मधुमाया कारागार नै चलान भएको र […]
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

१४ फागुन, सिरहा । सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो । वडा अध्यक्ष अन्सारीकै सेटिङमा […]
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

१४ फागुन, काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रण गरिएको […]
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा

१४ फागुन, काठमाडौँ –मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई मंगलबार काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भइ हाल काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका […]
