परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

  ८ जेठ, काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो […]

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

  ८ जेठ, एथेन्स । ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको यूएसजीएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू […]

भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी

  ८ जेठ, जयपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे । ‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि […]

आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु

  ८ जेठ, भारत । बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको आँधीले व्यापक मात्रामा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको छ। भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म […]

वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या

  ८ जेठ, अमेरिका। अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ । वाशिंगटन, डीसीमा रहेको इजरायली दूतावाससँग सम्बन्धित मानिने दुई व्यक्तिलाई बुधबार राति राजधानी यहूदी संग्रहालय नजिकै गोली हानी हत्या गरिएको सिएनएनले उल्लेख गरेको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले घटनाको पुष्टि गर्दै यहूदी संग्रहालय […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  ८ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड […]

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

  ७ जेठ, काठमाडौं । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका […]

प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

  ७ जेठ, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ । प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो […]

पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर

  ७ जेठ, काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बाबर आजमसहित शाहिद अफ्रिदी र मोहम्मद रिज्वानलाई बाहिर राख्दै पाकिस्तानले टी-२० टिमको घोषणा गरेको छ।  पाकिस्तानले घरेलु भूमिमा हुने बंगलादेशसँगको ३ खेल सम्मिलित टी-२० सिरिजमा यी ३ खेलाडीलाई बाहिर राखेको हो। पाकिस्तान सुपर लिग(पीएसएल)को प्रदर्शनका आधारमा खेलाडीलाई छनोट गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।  बोर्डले […]

पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु

  ७ जेठ, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भने, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा […]