नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए

१ साउन, काठमाडौं । नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरुवा भएको छ । आईजीपी दिपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।चार जिल्लाका डीएसपी फेरिएका छन् । भोजपुरमा राजु लामालाई पठाइएको छ । सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई जिम्मेवारी दिइएको छ । भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित […]

महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

१ साउन, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट […]

आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने

१ साउन, काठमाडौं । आज धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ ।  सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो । सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको मन्त्रालयले जानकारी दिएको छ । साथै सार्वजनिक विदाको दिन र […]

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

१ साउन, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीवारदेखि अनलाईनमार्फत उपलब्ध गराउन प्रारम्भ गरेको छ ।बिहीवार आयोगले पत्रकार सम्मेलनको आयोजना गर्दै आरटिआई म्यानेजमेण्ट सिस्टमलाई अनलाईन प्रणालीमार्फत उपलब्ध गराउन शुरु गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन बिष्टले पहिलो चरणमा संघीय सरकारका मन्त्रालय, […]

विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह

१ साउन, काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गर्नुभएको छ । बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण […]

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

१ साउन, टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख रामलाल थारूले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई […]

बीपी राजमार्ग साउनभर राति १२ घण्टा बन्द हुने

१ साउन, काठमाडौं ।  बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आज (बिहीबार)देखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको हो । कार्यालयले सार्वजनिक अपिल गर्दै मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुन […]

पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं

१ साउन, काठमाडौं । कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ । खडेरीले मधेस प्रदेशमा धान रोपाईं हुन सकेको छैन । मधेस प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन् । धान रोपाईं समेत प्रभावित भएको छ । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति […]

रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी

१ साउन, काठमाडौं । भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एक/दुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ । सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए । स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो […]

यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, २ प्रदेशमा हुरी

  १ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन […]