नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

  २३ असार, काठमाडौं । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ […]

महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए

  २३ असार, काठमाडौं। लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेको छ । धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । यस्तै, महाकाली नदीमा पानीको बहाव बढेको छ । […]

कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)

  २२ असार, काठमाडौँ । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध […]

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने

  १९ असार, काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ । यस […]

पोखरा महानगरपालिकामा अख्तियारको छापा

  १८ असार, पोखरा । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । […]

धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस

मौसम झा (पाठक) १६ असार, जनकपुरधाम । आज २१ औँ धान दिवस ‘जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि’भन्ने नाराका साथ धनुषाको मिथिला बिहारी नगरपालिकाले किसानको धानखेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस र असार १५ मनाएको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा वडा नं १ भुतही पटेरवामा भएको खेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो । […]

धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)

  १५ असार, काठमाडौं । आज असार १५ अर्थात्  धान दिवस देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको […]

आज राष्ट्रिय धान दिवस मनाइँदै

  १५ असार, काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस शनिवार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। […]

पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र

  १४ असार, सुर्खेत । गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा […]

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

  १३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो । क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि […]