राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

५ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन् ।  २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र […]

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

५ वैशाख, हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय […]

नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस

४ चैत, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, […]

पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

४ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए । उनका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो । जारमा किरा भेटिएको […]

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू

४ वैशाख, काठमाडौं ।  शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सि.सं.३२ कमान्ड तथा स्टाफ तालिम शुरू भएको छ ।  बिहीबार तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी निर्मल कुमार थापाले तालिमले तालिमरत अधिकृतलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीको विश्‍लेषण गरी फर्मेसन तथा युनिट तहमा व्यवहारिक योजना बनाई कार्यान्वयन गर्न सक्षम बनाउने बताए । साथै, उनले तालिममा […]

रामबहादुर बम्जनले उच्च अदालतबाट पाए सफाइ

४ बैशाख, काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ […]

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय […]

एक करोड १५ लाख लिटर दूध प्रशोधन

४ वैशाख, भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो […]

मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन

४ वैशाख, विराटनगर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् । जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन्  । पुल उद्घाटनका […]

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

४ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । निर्धारण मूल्य अनुसार  आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा […]