आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो

  २७ भदौ ,काठमाडौँ – आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०÷८१ मा  छ सय १० वटा उद्योग बन्द भएका छन्। मकवानपुर उद्योग तथा वणिज्य कार्यालयका अनुसार आव २०८०÷८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७९÷८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत […]

आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

  २५ भदौ ,काठमाडौं ; बुद्ध एयरको एटीआर ४२–३२० ‘नाइन एन–एआईएन’ जहाजले ७० हजार उडान साइकल पूरा गरेको छ।७० हजार उडान साइकल पूरा गरे सँगै बुद्ध एयरले उक्त जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । […]

सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने

  २४ भदौ , तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केवलकार सोमबारदेखि १५ दिनका लागि बन्द भएको छ।सेवालाई थप सुरक्षित बनाउन मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २४ गतेदेखि १५ दिनका लागि केवलकार बन्द गरिएको सूचनामा जनाइएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केवलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारमा जोड […]

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

  २४ भदौ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने […]

नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम

  २४ भदौ, काठमाडौं । बागमती र यसका सहायक नदी किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर फोरमले माग गरेको छ । फोरमको आइतबार बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा थुप्रै सर्वसाधारण मारमा पर्ने निष्कर्ष निकालेको हो । सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा […]

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

  २४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा […]

नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला

२३ भदौ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।  नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । मृतक […]

नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख

२३ भदौ, काठमाडौँ । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न र लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, […]

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

  २३ भदौ, बागलुङ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि ३ दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, […]

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

  २२ भदौ, चितवन । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।