पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

८ असार, काठमाडौं । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि खसेको सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

८ असार, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]

निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

७ असार, गुल्मी । निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो झरिरहेकाले समस्या […]

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

७ असार, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातको समयमा १० घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले जनाएको छ । आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार […]

पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग

७ असार, काठमाडौं । गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ लाख रुपैया सहयोग गरेको छ । आफ्नो तेस्रो स्थापना दिवसको दिन रास्वपाले मानवीय सहयोग भनेर रकम उपलब्ध गराएको हो । साथै आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार […]

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पूर्व_को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । […]

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । […]

बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

७ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।  प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

७ असार काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) […]

देशभरका २२ स्थानमा सडक अवरूद्ध

६ असार, काठमाडौं । देशभर मनसुन सक्रिया हुुन थालेसँगै बाढी–पहिरोका समस्या समेत बढ्न थालेका छन् । वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६२ सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। २२ स्थानमा सडक अवरूद्ध भएका छन् भने ४० स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा छन्। पूर्व–पश्चिम राजमार्गको दुम्किबास दाउन्ने सडक रातिबाट फेरि अवरूद्ध भएको छ। यता, […]