आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने

  काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा […]

करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र

सर्लाही, २५ पुष। सदरमुकाम मलङ्गवास्थित करदाता सेवा कार्यालय बन्द गर्ने तयारी भएको भन्दै उद्योग वाणिज्य सङ्घ सर्लाहीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। उद्योग वाणिज्य सङ्घ मलङ्गवा सर्लाहीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाही र करदाता सेवा कार्यालय मलङ्गवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने कुनै पनि निर्णय मान्य नहुने […]

सशस्त्रका ३ डीआईजीको अवकाश

  २५ पुस, काठमाडौं ।     सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ । अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । २०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य […]

आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु

  काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, मधेश […]

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

  बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगञ्ज उपमहानगरपालिका ८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी […]

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

२० पुष, काठमाडौँ । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावाट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो। ताप्लेजुङमा उत्पादन गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक […]

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

१८ पुष, काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार […]

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

१७ पुस, काठमाडौं । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् ।

बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत

१७ पुष, काठमाडौँ । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेँसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न […]

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

१६ पुस, काठमाडौँ । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबिसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो […]