भिषण वर्षाले लम्जुङको कारागार भत्कियो

  १ साउन, लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ । ठूलो पानी परिरहेको बेलामा दिउँसो सो पर्खाल भत्किएको हो दिउँसो भएका कारणले गर्दा कैदी बन्दी भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । कारागारको पश्चिमतर्फ रहेको मूल ढोकासहित पर्खाल भत्किन गएको कारागार शाखाका प्रमुख […]

इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

१ साउन, इजरायल ।  इजरायली सेनाले सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको छ । राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त पारेको छ । दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपको लागि सिरियाका अन्तरिम अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।

इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

१ साउन, इजरायल । इजरायली सेनाले सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको छ । राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त पारेको छ । दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपको लागि सिरियाका अन्तरिम अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ ।

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का

१ साउन, काठमाडौं । अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ  । रेक्टर स्केलमा यसको तीव्रता ७.३ मापन गरिएको थियो । भूकम्पपछि राज्यका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै […]

बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू

  बंगलादेशको गोपालगञ्जमा राष्ट्रिय नागरिक पार्टी (एनसीपी)को र्‍यालीमा भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ। अन्तरिम सरकारले एक विज्ञप्ति जारी गर्दै हिंसामा संलग्न जो कोहीलाई पनि कानुन अनुसार कारबाही गरिने बताएको छ। यसैबीच एनसीपीका संयोजक नाहिद इस्लामले २४ घण्टा भित्र हिंसामा संलग्नलाई पक्राउ गर्न माग गरेकी छन्। नेकपाले बिहीबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा […]

सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु

१ साउन, सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय […]

सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु

३२ असार सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा निर्माणस्थलमा लापरवाहीका कारण एक बालकले ज्यान गुमाएका छन्। दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव मंगलबार बिहान घरबाट बेपत्ता भएपछि खोजी गर्दा राति करिब ११:३५ बजे सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सडक निर्माण कार्यमा प्रयोग गरिएको जेसीबीले खनेको उक्त […]

रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु

३१ असार, काठमाडौं । रौतहटको मौलापुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो । आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ

३० असार, काठमाडौं । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् । ह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ४७ […]

हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु

२९ असार, मोरङ ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो। स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी […]