कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

१५ माघ, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ । विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताए । उनीहरू बिहीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । […]

निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच औपचारिक संवाद भएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको हो । बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन […]

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

१५ माघ, काठमाडौँ ।  नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो […]

देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन

१५ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए । उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै […]

सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

१३ माघ, काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो । उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा […]

समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

१३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र […]

मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

१३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । ‘सर्लाहीको मलंगवामा दादुरा रुवेलाको प्रकोप […]

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

१३ माघ, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको […]

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ माघ, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले संघीयता […]

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

१३ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर […]