सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

१६ चैत,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् । उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ । आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने […]
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप

१६ चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) बुद्धिराज गुरुङ ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया मिचिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रशासनिक दृष्टिकोणबाट हेर्दा पक्राउ ठीकजस्तो देखिए पनि कानुनी प्रक्रिया नअपनाई स्वेच्छाचारी ढंगले गरिएको भन्दै प्रश्न उठाएका हुन् । उनका […]
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा

१६ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ । मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ । लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै […]
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

१६ चैत,काठमाडौं । प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल […]
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान

१६ चैत,काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ । धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ । आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको […]
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

१६ चैत,काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ । उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ । ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ । ओलीका तर्फबाट उनकी पत्नी राधिका […]
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

१६ चैत,सुर्खेत । झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए । आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको सातौँ अधिवेशन अन्त्यको पत्र वाचन […]
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

१६ चैत,काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । सांसद शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो । एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले […]
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवानिकट एक नेताले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको […]
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो । गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको […]
