इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगर गरेको सन्देश सभामा ‘प्रचण्ड’ले गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर […]

प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेशस्थित नेपाली १३ नियोगका प्रमुखहरूबीच छलफल कार्यक्रम सुरु भएको छ । ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ नाम दिइएको उक्त छलफल कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रसचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य […]

समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

२५ भदौ, विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् ।  भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी […]

प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् । चीन भ्रमणका विषयमा सुझाव लिन प्रधानमन्त्रीले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर […]

बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

  काठमाडौं। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन्। बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले आज बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी […]

कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल

२३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए । उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन […]

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । […]

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी

२२ भदौ, दाङ । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ । प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित […]

कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन

धिरोज यादव २१ भदौ, सर्लाही। सर्लाही जिल्लाको मलंगवा नगरपालिका बालमन्दिर चौकमा नेपाल विद्यार्थी संघ द्वारा आन्दोलन गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सहमहामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको  संघातिक आक्रमणको विषय लिएर दोषीलाई कारवाही गर, गृह मन्त्री रजिनामा दे भन्ने जस्ता नाराका साथ ने वि संघ ले आन्दोलन […]

ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?

२१ भदौ, काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताएका हुन् ।उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’ […]