एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

  १९ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला […]

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै

१७ चैत,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ । बैठकमा लागि २१ फागुनमा […]

गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन

१७ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ । मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि […]

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । धुम्बाराहीस्थित होटल स्मार्टमा बस्ने बैठकमा नेताहरू आउनेक्रम जारी छ । बैठकका लागि यो समूहले तीन वटा एजेन्डा तय गरेको छ । निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले […]

एमाले सचिवालय बैठक जारी

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो । पार्टी कार्यालय च्यासलमा आज आज […]

निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह

१७ चैत,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पु¥याएर समाधान खोजिने बताएका हुन् । […]

सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी

  १७ चैत ,काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै […]

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल

  १७ चैत,काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे । उनले लेखेका छन्,‘देशका हरेक […]

कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

  १७ चैत,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ । बैठकमा लागि २१ […]

मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

  १७ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् । मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी हुन् । उनले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताइन् […]