नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा।

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको हो । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको […]
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तासाझेदार दलको बैठक

२ जेठ , काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन्। नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले सेतोपाटीलाई जानकारी दिए। बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने आचार्यले जानकारी दिए। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस

२ जेठ , काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो । चौधरीको मुद्दामा उनी पक्षका कानुन व्यवसायी र सकारी वकिललेसमेत वसह सकिसकेका छन् । उनीमाथि २०७२ भाद्र […]
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक-२०७७’ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् […]
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु भएको छ। विगतमा गरेको गल्ती नदोहोर्याउने भन्दै माफी मागेपछि करिब २ महिनापछि बैठक सुरु भएको हो। विधि र प्रक्रियालाइ लत्याउँदै मेयर साम्पाङले मनोमानी गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि कार्यपालिका बैठक बस्न सकेको थिएन। कार्यपालिका बैठक नबसेका कारण नीतिगत निर्णय हुन […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल […]
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु।

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने बताइएको छ […]
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशै भरी प्रदर्शन गरिदैछ। भ्रष्टाचारविरुद्ध हामी’ भन्ने अभियान अन्तर्गत आज विभिन्न नागरिक समाजले देशै भरी प्रदर्शन गर्न लागेका हुन् । अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री […]
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ । सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर […]
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो। महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । उनीहरुको मन्त्रालय […]
