मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर

  १५ पुस,  काठमाडौं । काठमाडौंमा नै रहेको नागार्जुन नगरपालिकामा मेयर मोहनबहादुर बस्नेतको योजनामा ब्रह्मलुट भएको पाइएको छ। मेयर बस्नेतले ९ करोडभन्दा बढी रुपियाँ घुस खाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसै गरी अख्तियारले बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र त्यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध पनि […]

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

  १५ पुस, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी […]

पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला

  १४ पुस,  काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा भव्य स्वागत गरिएको छ । पार्टीको कार्यक्रममा पुगेका ओलीले आजको कार्यक्रममा करिब ५ हजार नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको बताइएको छ । पर्सा ३ बाट निर्वाचित सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा ओलीलाई १८० किलोको मालाले […]

अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

  १४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा […]

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

  १४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ […]

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

  १३ पुस, कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका […]

जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै

  १३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्। पार्टीले विभागहरुलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशिल बनाउने र […]

सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा

  ११ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बुबा कृष्णबहादुर र पूर्वसांसदसमेत रहेकी छोरी मीना गुरुङ कास्की प्रहरीको हिरासतमा छन् । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन्। बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् । धनसम्पत्ति मात्रै होइन, सामाजिक प्रतिष्ठासमेत आर्जन […]

बयानका लागि रविलाई अदालत लगिँदै

  ११ पुस,  काठमाडौँ- रवि लामिछानेलाई आज पनि अदालत लगिने तयारी गरिएको छ। कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएकोछ। न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएको हो। आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ। मंगलबार प्रतिवादी […]

एमालेको सचिवालय बैठक बस्दै

१० पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ । बैठकमा […]