कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

  १० जेठ, काठमाडौं । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।   शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका हुन् । कांग्रेसको नेतृत्वमा सरकार […]

सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते

  १० जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। शनिबार बिहान १२:१० बजेतिर भएको दुर्घटनामा घाइते भएका २१ वर्षीय मोहमद कैफ मिकरानीलाई उपचारका लागि लस न्युरो अस्पताल, बारामा लगिएको थियो। तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको […]

चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक

  ९ जेठ, जनकपुर । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे । उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी […]

मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन

  ९ जेठ, जनकपुरधाम  ।  मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ । शुक्रबार जनकपुरधाममा चार सुरक्षा निकायको उपस्थितिमा बैठक सुरु भएको हो । बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मल कुमार थापा, मध्यपूर्वी पृतना मुख्यालयका पृतनापति कृष्णबहादुर जिसी, एनडीआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका […]

एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित

९ जेठ, जनकपुरधाम ।  नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष भोलाले एमाले पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुविर महासेठको समूहबाट उम्मेदवारी दिएका थिए भने लक्ष्मीनारायण पार्टी केन्द्रीय सदस्य उमाशंकर अरगरिया प्यानलका उम्मेदवार बनेका थिए। पराजित […]

सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु

  ८ जेठ,सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज अपराह्न सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ। दिउँसो करिब ३:०० बजे गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको BR 06 AE 9668 नम्बरको कारले पैदल यात्री ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो। खातुन मलंगवा नगरपालिका–३ की बासिन्दा थिइन्। ठक्करबाट […]

श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ

  ८ जेठ,धनुषा ।  धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए। त्यसयता हरिराम करिव ३/४ […]

मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी

  ८ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो । उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार […]

सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

  ८ जेठ, सिरहा। सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको […]

प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता

  जेठ ७ ,पर्सा । वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथ यात्रा आगामी असारको दोस्रो साता हुने भएको छ । गहवामाई तीर्थ क्षेत्र विकास समितिका आयोजनामा आगामी असार १३ गते हजारौं दशनार्थीहरुका उपस्थितिमा रथयात्रा गर्न लागिएको हो । समितिका अध्यक्ष श्यामकुमार पोखरेलले विभिन्न उपसमित गठन गरेर रथयात्राको तयारी तिव्र पारिएको जानकारी दिनुभयो ।‘‘विगत दुई वर्षदेखि वीरगञ्जमा […]