२६ जेष्ठ २०८२, आईतवार

चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक

 

९ जेठ, जनकपुर ।

गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे ।

उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए । चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment