आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा

२३ कात्तिक, रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहटका दुई पालिकाले शोक बिदा दिएका छन् । राजपुर नगरपालिका र परोहा नगरपालिकाले विज्ञप्ती जारी गर्दै शोक बिदा दिएका हुन् । पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए । उनका अनुसार […]

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

२३ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए । सोनलले हिजो राती नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईृ राजीनामा पत्र पनि बुझाएका थिए । सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित […]

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

२२ कात्तिक, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग

२२ कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु भएको छ । केहीबेर अघिबाट मत विभाजन प्रक्रिया सुरु भएको हो । बैठकमा सुरुमा प्रतिपक्षी मात्र उपस्थित थिए । अहिले केही सत्तापक्षका सांसदहरू पनि पुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केहीबेर प्रक्रिया रोक्न माग गरेको छ । […]

मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो

२२ कात्तिक, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन् । मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोले । त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका […]

वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान

२२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् ।गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन […]

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

२२ कात्तिक, जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल […]

कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला

२१ कात्तिक, सर्लाही ।   कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्। रामनगर गाउँपालिका–१ खैर्वा निवासी मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निरन्तर […]

सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते

२१ कात्तिक, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक […]

केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा

२१ कात्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरे पनि सुरक्षण मुद्रण विभागबाट सञ्चालन अनुमति नआउँदा मेसिनहरू थन्किएका छन् । यसका कारण हजारौँ सेवाग्राहीले लाइसेन्स पाउन लामो समय कुर्नु परेको छ । हजारौँ सेवाग्राही लाइसेन्सको पर्खाइमा […]