३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ

१ मंसिर, सर्लाही । सर्लाहीबाट झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, […]
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

३० कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर -४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव ,र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक […]
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित

३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुने छ । पछिल्लो […]
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

३० कात्तिक, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, […]
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ

३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ। रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। अन्तरिम आदेशका सम्बन्धमा आइतबार सुनुवाइ हुन लागेको हो । पछिल्लो कही समययता अस्थिर रहेको मधेस सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता […]
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण

सर्लाही । जापान सरकारको सहयोगमा भोलेन्टियर क्रोप्स नेपालमार्फत चक्रघट्टा गाउँपालिकालाई अत्याधुनिक दमकल (बारुणयन्त्र) हस्तान्तरण गरिएको छ। उक्त बारुणयन्त्र संस्थाका ग्लोबल गुडविल एम्बेसडर तथा चर्चित सामाजिक अभियन्ता सरोज रायको विशेष पहलमा गाउँपालिकालाई प्रदान गरिएको हो। पूर्व राजदूत एवं जसपा नेपालका केन्द्रीय सल्लाहकार समितिका संयोजक डा. रामस्वार्थ रायको प्रमुख आतिथ्यतामा उक्त बारुणयन्त्र गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। […]
मधेश प्रदेशसभा बैठक खुला मैदानमै

२९ कात्तिक, जनकपुरधाम । मधेशमा प्रदेशसभा बैठक खुला मैदानमै बसेका छन् । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए । उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् । पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता […]
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव

२९ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा भइरहेको आन्दोलनमा भारतको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने गतिविधि भइरहेको दाबी गरे। साथै मधेसका राजनीतिक दलहरूलाई फुटाउने र जुटाउने खालका धम्की भारतीय पक्षबाट आइरहेको समेत उल्लेख गरे।
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव

२९ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए । ‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू […]
पुरानो रिसिवीको विवाद झिकेर वडाध्यक्षको ह*त्या

२८ कात्तिक, जनकपुरधाम । धनुषामा पुरानो रिसिवीका कारण वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको खुलेको छ । मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष विन्देश्वर यादव गाउँकै प्रकाश यादवको बुवाको १३औं दिने मृत्यु संस्कार (नौकेश)को मा सहभागी हुन गएका थिए । वडाअध्यक्ष यादव आफ्ना दाजु रामनाथ यादव, भाई अशेश्वर यादवसहित त्यहाँ गएका थिए । सोही क्रममा […]
